On the lead by Commerce and Industry president of Bara district Ram babu Gupta, various bussiness entrepreneurs have protest agaist Area police officer Jay kishun Raut Kurmi for his misbehavior. They have demanded action against Karmi,who misbehaved and assaulted journalist Neha Barma, Prakash Guptam Shachin Sriwastab, Sajan Gupta, Arun Gupta, Prakash Rauniyar when they were returning back from a marriage ceremony. It is learnt that accused Kurmi also threaten them to death.
इलाका प्रहरी कार्यालय, जीतपुरका प्रमुख प्रनानि जयकिशुन राउत कुर्मीलाई कारबाईको माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन्।
आइतबार बारा उद्योग बाणिज्य संघ गढ़िमाई नगर समितिका उपाध्यक्ष तथा नेपाली कांग्रेस ७ न. वडा समिति जीतपुरका सभापति रामबाबु गुप्ताको नेतृवमा गएको व्यावसायिहरुको टोलीले सिमरा प्रमुख प्रनि गोविन्दकुमार कार्की समक्ष जोहरी दिदै प्रननि कुर्मीलाई कारबाईको माग गरेका हुन्।
गएराती विरगंज जन्तीबाट फर्केर निवासस्थान जीतपुर फर्किने क्रममा इप्राका जीतपुरका प्रमुख कुर्मीले महिला पत्रकार नेहा बर्मा, आलोक गुप्ता, सचिन श्रीवास्तव, साजन गुप्ता, अरुण गुप्ता, प्रकाश रौनियारलगायातसंग अभद्र व्यवहार गरि हातपात र मार्ने धम्की दिएको विरोधमा आज इप्रका सिमरामा विरोध प्रदर्शन गर्दै जोहरी दिइएको हो .
प्रनि कार्कीको आदेश अनुसार सोमबार बिहान छानबिन गरि कुर्मीलाइ कारबाई गर्ने उपाध्यक्ष रामबाबु गुप्ताले बताए।
स्थानीयवासीका अनुसार अबेर राति केहि व्यक्ति भेटियो भने आवश्यक सोधपुछ, चेकजांच, खानतलासी गरेर दोष अनुसार कारबाई गर्नुपर्ने भए पनि जन्तीबाट घर फर्केकासंग दुर्व्यवहार गरि गालीगलौज तथा ज्यान मर्ने धम्की दिनु नन्दनीय रहेका बताएका छन्।