Incident Reports

वाइसीएलका कार्यकर्ताद्वारा इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

2017-03-19

Karnali, Jumla, Chandannath

भवन डिभिजन कार्यालय जुम्लाका सव-इन्जिनियर ४५ वर्षीय चन्द्रबहादुर खड्कालाई ठेक्का नपरेको आरोपमा चैत ७ गते वाइसीएलका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरी दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । चैत ६ गते ठेक्काको बोलपत्र खुलेपछि आफूहरूलाई नपारेको र नियम विपरित अरूलाई ठेक्का पारेको भन्दै भवन डिभिजन कार्यालयका सव-इन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले बताए । वाइसीएलका केन्द्रीय सदस्य चन्दननाथ नपा-८ खोलीकोटका ३७ वर्षीय विष्णुबहादुर महतको अगुवाइमा दुई जनाको सङ्ख्यामा गएका व्यक्तिले दुर्व्यवहार गर्दै कुटपिट गरेको इन्जिनियर खड्काले आरोप लगाए । आरोपितहरूको कुटपिटका कारण नाकमा चोट लागेपछि पीडित खड्काको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरूविष्णु काफ्लेले घटनामा संलग्न अन्यको नाम खुलाउन चाहेनन् । घटना अनुसन्धानको प्रक्रियामा रहेकोले उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको काफ्लेको भनाइ छ । घटनाको विरोध गर्दै नेपाल निजामति कर्मचारी युनियन सङ्घ, आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी निजामति, नेपाल निजामति कर्मचारी सङ्गठनले चैत ७ गते प्रेस विज्ञप्ति प्रकाशन गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Other Sources , National/Online Media , Local Newspaper - Jumla

0 Comments