Incident Reports

मारुती सिमेन्ट कम्पनीमा स्थानीयको धर्ना

2017-03-19

Province 1, Udayapur, Katari

मारुती सिमेन्ट कम्पनी चुनढुंगा खानीको सम्पर्क कार्यालय उदयपुरको देविछापमा सिन्धुलीका स्थानीयले धर्ना दिएका छन् । शनिबार दिउँसो सिन्धुलीको ककुरठाकुर गाउँ विकास समितिमा चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा स्थानीय एक जनाको ज्यान गए पनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले धर्ना दिएका हुन् । चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा खसेको ढुंगाले ककुठाकुर गाउँ विकास समितिका ४७ वर्षीय खड्ग बहादुर थापा मगरको ज्यान गएको थियो । मृतक वर्षे धानको ब्याड राख्नका लागि कुलोमा पानी लाउन गएका थिए । मारुती सिमेन्ट कम्पनी चुनढुंगा निकाल्दा ढुंगाले लाग्दा थापामगरको ज्यान गएको करठाकुर गाउँ विकास समितिका प्रावधिक सहायक भिम कुमार राइले जानकारी दिए । स्थानीयले उचित क्षति पूर्ति दिइनु पर्ने, दोषीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले सडक विस्तार गर्ने क्रममा एक्सकाभेटरले पाखामा खन्ने क्रममा ढुंगा खस्दा लागेको र मृतकको शव पोस्टमार्टम गरि परिवारलाई जिम्मा लगाई सकेको बताए । प्रहरीले थप अनुसन्धानका लागि आइतबार एक्स्काभेटरका चालकलै नियन्त्रणमा लिएको समेत जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Sindhuli

0 Comments