Incident Reports

अवैध हतियार सहित पक्राउ .

2017-03-16

Lumbini, Banke, Khajura, Ward 1

प्रहरीले बाँके राधापुर गाविसबाट बुधबार एकजनालाई अवैध बन्दुक सहित पक्राउ गरेको छ । दिउँसोको समयमा राधापुर वडा न.६ स्थित रामपुरे डाडामा अवैध भरुवा बन्दुक सहित घुम्दै गरेका स्थानीय ४० वर्षीय हेम बहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राय गरेको पुनको साथबाट अवैध भरुवा बन्दुक नाल १, गोलीको रुपमा प्रयोग हुने फलामको टुक्रा थान ४९, बारुद १ डिब्बा, चक्कु थान १ र केप ८ थान बरामद गरि अनुसन्धान अघि बढाएको छ। बन्दुक कुन प्रयोजनका लागि किन राखिएको भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Local Newspaper - Banke

0 Comments