Incident Reports

सहकारी विधेयक चाँडो ल्याउन माग

2017-03-19

Bagmati, Kathmandu, Kathmandu, Ward 11

सहकारी पिडित संघर्ष समितिले व्यवस्थापिका संसद, अर्थ उपसमितिमा छलफलका क्रममा रहेको 'सहकारी विधेयक' चाँडो ल्याउन माग गर्दै आइतबार माइतीघरमा धर्ना दिएको छ । विभिन्न सहकारीबाट ठगिएका पीडितले आफ्नो रकम फिर्ता गराउनका लागि माग गरेका हुन् । सो विधेयकमा पिडितलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि केहि व्यवस्था गरिएको बताइएको छ । उक्त कार्यक्रममा वृद्धवृद्धा तथा युवाले सहकारीको मध्यमबाट देश तथा जनतालाई ठगी गर्नेलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्ने, पिडितलाई न्याय दिलाउनुपर्ने, सरकारले पिडितलाई सम्बोधन गर्नका लागि पुर्वन्यायधिश गैरी बहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले बुझाएको प्रतिवेदनका अधारमा कानुन निर्माण गर्नुपर्ने लगायत माग गरेको प्लेकार्ड र तुल बोकेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments