Incident Reports

No translation available.

2017-03-20

स्थानीय तह पुनसंरचना गर्दै वडाको सिमांकन नमिलेको भन्दै बाजुरा जिल्ला साबिक ब्रमतोला गाविसका केहि वडाका बासिन्दा आन्दोलनमा उत्रेका छन्। स्थानीय तह पुनसंरचना गर्दा स्थानियको सहमति विपरित केन्द्रले वडाको सिमांकन अलग्गै तरिकाले गरेको भन्दै संघर्ष समिति गठन गरि आन्दोलन सुरु गरेका छन्। साविकको ब्रमतोला गाबिस वडा नम्बर ५,६,७ र ८ का स्थानीय बासिन्दा वडा कार्यालयमा धर्ना देखि कार्यालयमा तालाबन्दी सम्मका कार्यक्रम अघि सारेका छन्। आन्दोलनरत स्थानीयहरुले आफुहरुले गरेको सहमति विपरित वडाको सिमांकन केन्द्रबाट आएको आरोप लगाएका छन्। आन्दोलनरत स्थानीयहरूले आफुहरुले गरेको सहमति बिपरित बडाको सिमांकन केंद्रबाट आएको आरोप लगाएका छन्। स्थानीयले वडा नम्बर १,४,९ मिलाएर वडा नम्बर २ र ३ मिलेर एक वडा ५,६,७ र ८ मिलाएर अर्को वडा सिफारिस गरी पठाएको भएपनि केन्द्रले यसलाई उल्ट्याएर १,४,५ को एक वडा, ६,७,८ र ९ मिलाएर एक वडा बनाई पठाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन्। आन्दोलनरत स्थानीयहरुले आइतबार वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् भने सोमबार कार्यालयमा धर्ना र मंगलबारदेखि कार्यालयमा तालाबन्दी गर्ने जनाएका छन्। त्यति गर्दा पनि आफ्नो मागको सुनुवाई नभए सम्पूर्ण वडाबासीले नागरिकता जम्मा गरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय समेत गरेको संघर्ष समितिका संयोजक चन्द्र बहादुर शाहले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis