Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-03-29

Karnali, Surkhet, Lekbeshi

चिङ्गाड गाँउपालिका-४ की बालकुमारी रानाले आफू घरमा हुँदा हुँदै २३ वर्षीय पति टोपबहादुर राना र २३ वर्षीया बसन्ती सिं रानाले विवाह गरेको आरोपमा प्रहरीमा उजुरी गरेपछि प्रहरीले चैत १६ गते आरोपितद्वयलाई गिरफ्तार गरेको छ । भारतमा मजदुरी गर्दै आएका रानाले घरमा जेठी पत्नी हुँदाहुदै बसन्तीलाई विवाह गरेर भाग्दै गर्दा प्रहरीले बबई बजारबाट दुवै जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहन आचार्यले बताए । पीडित महिलाले आरोपितद्वयविरुद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् ।

0 Comments