Incident Reports

घरबेटीका छोराले गरे बालिका बलात्कार

2017-03-29

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी उपमहानगरपालिकामा एक बालिका बुधबार बलात्कृत भएकी छन् । घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए। रक्ताम्मे अवस्थामा फेला पारेकी ती बालिकालाई घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताईएको छ। स्वास्थ्य अवस्था नाजुक रहेकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको महिला पुनःस्थापना केन्द्रकी बिनु रानाले जानकारी दिए। अभियुक्त शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक मल्लले बताए। यसैबीच पीडित पक्षले प्रहरी र अस्पताल प्रशासनको मिलेमतोमा घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाउँदै सेती अञ्चल अस्पतालमा केही बेर धर्ना दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Kanchanpur , Local Newspaper - Saptari

0 Comments