Incident Reports

शाहको हत्या विरोधमा बारामा प्रदर्शन

2017-03-30

Madhes, Bara, Jitpur Simara

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहका हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै बारामा प्रदर्शन गरिएको छ। नेविसंघ बाराले पथलैया–निजगढ सडकखण्डको पिलुवामा आधा घण्टा सडक अवरुद्ध पार्दै शाहको हत्यारा पहिचान गरी कारवाही गर्न सरकारसंग माग गरेको हो। नेविसंघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताले यातायात अवरुद्ध पार्दै नारा लगाएका थिए। सरकारले शाहका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न तत्परता नदेखाए कडा आन्दोलन गर्ने रौनियारले बताए। आधाघण्टा यातायात अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments