Incident Reports

चर्किदै राप्तिसोनारी गाउँपालिकाबासिको आन्दोलन

2017-03-19

Sudurpashchim, Kanchanpur, Shuklaphanta National Park, Ward 99

गाउँपालिकाको केन्द्र राख्ने विषयमा असन्तुष्ट बनेका राप्ति सोनारी गाउँपालिकाबासिको आन्दोलन थप चर्किदै गएको छ । नेपाल सरकारले हालै प्रकाशित गरेको राजपत्रमा उक्त गाउपालिकाको केन्द्र कचनापुरको साविक गाविस कार्यालयमै रहने गरि निर्धारण गरिएपछि गाउपालिकाबासी असन्तुष्ट बनेका हुन् । राज्य पुनसंरचना जिल्ला प्राविधिक समितिले राज्य पुनसंरचना जिल्ला प्राविधिक समितिले राज्य पुनसंरचना आयोग समक्ष बुझाएको प्रतिवेदनमा उक्त गाउपालिकाको केन्द्र साविक कचनापुरको अगैयालाई बनाउने सिफारिस गरेको थियो । समितिको सिफारिस विपरित केन्द्र तोकिएपछि केहिदिन यता असन्तुष्ट रहदै आएका गाउपालिकबासिले आन्दोलन चर्काउँदै गएका हुन् । उनीहरुले आइतबार गाँउपालिका कार्यालयमा पुगेरै ज्ञापनपत्र बुझाएका छन् । ठुलो संख्यामा कचनापुर पुगेका राजनीतिक दलको प्रतिनिधि मण्डलले गाउन्पालिका कार्यालय घेराउ गर्दै त्यहाँ कार्यरत कर्मचारी बुद्धिराज भण्डारी मार्फत कार्यकारी अधिकृत भरतकुमार मल्ललाई ज्ञापन पत्र बुझाए । सो क्रममा स्थानीय बासिन्दाले नाराबाजी समेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis