Incident Reports

अभियुक्त पक्रन जाँदा प्रहरीमाथि हातपात

2017-03-15

Madhes, Mahottari, Gaushala, Ward 11

महोत्तरीको लक्ष्मीनियाँमा अभियुक्तलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि हातपात भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्राप्त पत्रअनुसार अभियुक्तलाई पक्राउ गर्न गएका तीन प्रहरीमाथि हातपात भएको हो । चैत्र २ गते लक्ष्मीनियाँ ८ बस्ने विशेश्वर महतो र उनका ९ वर्षीया छोरा सुवोध महतो नुनियालाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउने पत्रअनुसार पक्रउ गर्न गएका ३ जना प्रहरीमाथि हातपात भएको कान्तिबजार प्रहरी चौकीका प्रमुख जित बहादुर बस्नेतले बताएका छन् । स्थानीय असई जितबहादुर बस्नेत, हवल्दार श्यामबाबु कुशवाहा र प्रहरी जवान शिव शंकर महतोमाथि हातपात गरेको असई बस्नेतले बताए । गत फाल्गुन २ गते चौकीमा दर्ता भएको निवेदन सम्बन्धमा गाउँमै छलफल सम्भव नभएपछि जिल्लामा उपस्थित गराउने आदेश भएको पत्र चौकीमा प्राप्त भएपछि सोही अनुसार उनीहरुलाई पक्राउ गर्न जाँदा स्थानीय विशेश्वर महतो र आफन्त महिलाहरुले हातपात गरेको कान्तिबजार प्रहरी चौकीका असई बस्नेतले बताए । करिब दुई महिना अगाडी सडकछेउमा रहेको पानीमा तीन चार जना बालबालिका खेल्ने क्रममा जिउमा पानी पर्दा भएको झगडामा नविन महतो नुनियाको हात भाँचिएको थियो । झगडामा हात भाँचिएपछि उपचारमा लागेको खर्च र सो सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक निष्कर्षविहिन भएपछि पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गराएको थियो । यता, कान्तिबजार चौकीका असइ जित बहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले महतोलाई पक्राउ गर्ने क्रममा आफन्तले हुलहुज्जत गर्न खोजेपछि भएको घटनामा एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा लक्ष्मीनियाँ ८ की ३३ वर्षीया शिवकला देवी महतो नुनिया रहेकी छिन् । मंगलबार सो विषयमा छलफल गर्न बसेको बैठक सकिनै लाग्दा त्यहाँ आएका प्रहरी टोलीले एक्कासी शिवकलामाथि कुटपिट गरेको पूर्व सभासद एवं माओवादी केन्दका नेतृ बुधनीदेवी महतो नुनियाले बताइन । घाइते शिवकलाको हात र छातीमा चोट लागेकोले गौशालामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको नेतृ महतोले बताइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Mahottari

0 Comments