Incident Reports

बाल क्लब सञ्जालको सक्रियतामा बालविवाह रोकियो

2017-04-04

स्थानीय बाल क्लब सञ्जालले १४ वर्षीया बालिका र १६ वर्षीय बालकबिच चैत १६ गते भएको विवाह बदर गर्न र आरोपितलाई कारबाहीको माग गर्दै प्रहरी चौकी नाग्ममा उजुरी दिएपछि प्रहरीको सहयोगमा बालविवाह रोकिएको छ । चैत १६ गते बालबिवाह भएको आरोपमा उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरी चौकी नाग्मका इञ्जार्ज गौरव अधिकारीले बताए । बालविवाह भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालले प्रहरी चौकीमा उजुरी दिएको र प्रहरी चौकी नाग्मको पहलकदमीमा भइसकेको बालविवाह ‘रोकिएको’ बाल विकासमा काम गर्दै आएका प्रकाश शाहीले बताए । ‘बालबिवाह भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालको सहयोगमा प्रहरीमा उजुरी गरेका थिए ।’-उनले भने-‘प्रहरीको रोहवरमा नै बालविवाह रोकिएको छ ।’ बालविवाह एउटा समस्याका रूपमा नै आएको बालविवाह रोक्न स्थानीयको सहयोगमा बालविवाह रोकिएको प्रहरीले जनाएको छ । ‘हामीले स्थानीय बाल क्लब सञ्जालको सहयोगमा बालविवाह रोकेका छौँ ।’-शाहीले भने-‘बालविवाह रोक्न अहिले गाउँका बालबालिका नै सक्रिय हुन थालेका छन् ।’

0 Comments