Incident Reports

Newspaper: Hunger strike demanding action against culprit of Saptari incident

2017-03-07

Madhes, Mahottari, Ramgopalpur

Demanding the action against the culprit of Maleth bloodshed, 33-years-old Bijay Kumar Yadav, differently able person is on hunger strike since last three days in Ramgopalpur southern part of Mahottari district. Yadav on strike at the site of park construction in the middle of main road said not to end the strike until his demands are met. His demands include strong action against culprit of Maleth incident, state guaranteeing security of differently able and helpless people, implementation of Acts and laws in regard to disability as provided in the constitution. Whereas, Third Alliance is concerned about his deteriorating health condition and Kiran Karn Human Right Officer of Third Alliance took information about his health condition. गत सोमबार सप्तरीमा प्रहरीद्वारा भएको नरसंहारका दोषिहरुलाई कडा कारवाहीको मागसहित महोत्तरीका एक जनाले आमरण अनसन थालेका छन् । महोत्तरी जिल्लाको दक्षिणी क्षेत्र राम गोपालपुरमा एक अशक्त व्यक्तिले सप्तरी घटनाका दोषीलाई कडा कारवाहीको माग सहित आमरण अनसन थालेका हुन । महोत्तरीका रामगोपालपुर गाविस अन्र्तगत पर्ने विश्वम्भरपुरका ३३ वर्षीया अशक्त विजय कुमार यादवले विभिन्न मागसहित विगत तीन दिनदेखि आमरण अनसन थालेका हुन् । उनले सप्तरी घटनाका दोषीहरुलाई कारवाही हुनुपर्ने, अपाङ्ग, अशक्त व्यक्तिहरुलाई राज्यले सुरक्षाको व्यवस्था गर्नुपर्ने, संविधानमा अपाङ्गसम्बन्धी अल्लेखित ऐन तथा कानून कार्यान्वयन हुनुपर्ने लगायतका माग राखी आमरण अनसन थालेका छन् । राम गोपालपुरको बीच सडकमै रहेको अधुरो पार्क निर्माण स्थलमा उनले आफ्नो माग पुरा नहुन्जेलसम्म अनसन नतोड्ने बताए । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि उनलाई स्लाईन पानी समेत लगाईएको छ । यता अनसनरत यादवको स्वास्थ्य अवस्थाबारे तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स ) ले चासो देखाएको छ । थर्ड एलाइन्सका मानव अधिकार अधिकृत किरण कर्णले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments