Incident Reports

सप्तरी घटनाको दोषीलाई कारवाहीको मागसहित आमरण अनसन

2017-03-07

Madhes, Mahottari, Ramgopalpur

गत सोमबार सप्तरीमा प्रहरीद्वारा भएको नरसंहारका दोषिहरुलाई कडा कारवाहीको मागसहित महोत्तरीका एक जनाले आमरण अनसन थालेका छन् । महोत्तरी जिल्लाको दक्षिणी क्षेत्र राम गोपालपुरमा एक अशक्त व्यक्तिले सप्तरी घटनाका दोषीलाई कडा कारवाहीको माग सहित आमरण अनसन थालेका हुन । महोत्तरीका रामगोपालपुर गाविस अन्र्तगत पर्ने विश्वम्भरपुरका ३३ वर्षीया अशक्त विजय कुमार यादवले विभिन्न मागसहित विगत तीन दिनदेखि आमरण अनसन थालेका हुन् । उनले सप्तरी घटनाका दोषीहरुलाई कारवाही हुनुपर्ने, अपाङ्ग, अशक्त व्यक्तिहरुलाई राज्यले सुरक्षाको व्यवस्था गर्नुपर्ने, संविधानमा अपाङ्गसम्बन्धी अल्लेखित ऐन तथा कानून कार्यान्वयन हुनुपर्ने लगायतका माग राखी आमरण अनसन थालेका छन् । राम गोपालपुरको बीच सडकमै रहेको अधुरो पार्क निर्माण स्थलमा उनले आफ्नो माग पुरा नहुन्जेलसम्म अनसन नतोड्ने बताए । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि उनलाई स्लाईन पानी समेत लगाईएको छ । यता अनसनरत यादवको स्वास्थ्य अवस्थाबारे तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स ) ले चासो देखाएको छ । थर्ड एलाइन्सका मानव अधिकार अधिकृत किरण कर्णले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments