Incident Reports

स्थानीय तह पुर्नसंरचनाको सर्वत्र विरोध ठाउँठाउँमा आन्दोलन चर्किदै

2017-03-16

स्थानीय तहको पुर्नसंरचना हचुवाको भरमा गरिएको भन्दै धनुषाको रघुनाथपुर, खरिहानी, बेंगाडाबरलगायत स्थानमा आन्दोलन चर्किएको छ । रघुनाथपुरमा पछिल्लो १४ दिनदेखि निरन्तर विरोधका विभिन्न कार्यक्रम गर्दैै आएको रघुनाथपुर बचाउ संघर्ष समितिका संयोजक एवं माओवादी केन्दका नेता दिपनारायण दासले जानकारी दिए । गाउँमा आम हड्ताल, लाठी जुलुस, सिट्ठी जुलुस, झारु जुलुस र खबरदारी जुलुस प्रदर्शन गरिएपनि सुनुवाइ नभएपछि उनीहरुले जिविस घेराउ गर्ने निर्णयमा पुगेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द, राप्रपा नेपाल, सदभावना पार्टी, संघीय समाजवादी फोरम नेपाल, रघुनाथपुर व्यापार संघ, रघुनाथपुर युवा समूह, रघुनाथपुर नागरिक समाज, स्थानीय शान्ति समिति, पेशागत समूह र वडा नागरिक मञ्चले सामुहिक रुपमा विज्ञप्ती जारी गर्दै साविकको रघुनाथपुर जिविस कार्यालयमा तालाबन्दी गरेका छन् । रघुनाथपुरलाई गाउँपालिका कायम नगरेसम्म ताला खोल्न नदिने र स्थानीय तहको हैसियतमा रघुनाथपुरबाट कुनै किसिमको प्रशासनिक कार्य गर्न नदिने उनीहरुको अडान छ । स्थानीय तह पुर्नसंरचनाको विरोधमा बेगाडाबर, हंसपुर कठपुत्ला, बालाबाखर र दुबर बोटबाट हेरफेरको विरोधमा निवेदन दर्ता भएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति धनुषाका फोकल पर्सन सुनिल कुमार झाले जानकारी दिए । यी बाहेक रघुनाथपुर , खरिहानीहगायत अन्य क्षेत्रमा आन्दोलन भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis