Incident Reports

टेलिकम प्रमुख कार्यकक्ष घेराउ

2017-03-22

Province 1, Morang, Biratnagar

नेपाल टेलेकमले प्रदान गर्ने सेवा प्रभाबकारी बनाउनु पर्ने लगायतको विभिन्न माग राख्दै नेपाल टेलेकमको क्षत्रीय कार्यालय बिराटनगरको कार्यालय प्रमुखको कार्यकक्ष घेराउ गरेका छन्। नेपाल टेलिकम वर्कस युनियन क्षेत्रीय समिति बिराटनगरले बुधबार कार्यालय प्रमुख खड्क बहादुर बस्नेत को कार्यकक्ष घेराउ गरेको हो। लामो समयदेखि जडान भइ संचालनमा नआएका बिटियेस तथा एक्सचेन्जहरु तत्काल संचालन गर्नुपर्ने, सडक विस्तारका क्रममा अबरुद्ध भएका टेलिफोन लाइनहरु संचालन गर्नुपर्ने , कम्पनीको काममा कमिशन लिने प्रथा अन्त्य गरिनुपर्ने लगायतको विभिन्न माग राख्दै टेलिकमको निर्देशकको कर्यकक्षा घेराउ गरेका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments