Incident Reports

महिलामाथि हुने हिंसा अन्त्यको माग गर्दै युवाद्वारा प्रदर्शन

2017-04-09

Bagmati, Kathmandu, Kathmandu, Ward 11

महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै युवाले सडकमा प्रदर्शन गरेका छन् । युथ एड्भोकेसी नेपाल (यान) ले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनीमा सहभागी युवाले ‘महिलाहरू सडकमा जिस्काइ माग्न हिँडेका होइनन्’, ‘सार्वजनिक स्थल सुरक्षित गरौँ’ र ‘युवाले सडक दुव्र्यवहार रोक्न सक्छन्’ लगायतका प्ले कार्ड बोकेका थिए । युवाले दिउँसो करिब ३० मिनेट प्रदर्शन गरेका हुन् । यानले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ । सोही अवसरमा यानका अध्यक्ष नरेन खतिवडाले भएका ऐन÷कानुनको कार्यान्वयनसँगै महिलामाथि सडकमा हुने दुव्र्यवहारसम्बन्धी छुट्टै कानुन निर्माण गर्नुपर्ने बताए । अभियानकर्मी विकास केसीले खासगरी सडकमा महिलामाथि हुने हिंसा अन्त्यका लागि युवा नै सक्रिय हुनुपर्ने धारणा राखे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments