Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2017-04-11

Madhes, Bara, Jitpur Simara

बारा प्रमाणीपुर गाउँपालिका–३ चैनपुर बस्ने २७ बर्षीय प्रमोद साहलाई कटुवा पेस्तोल १ थान र थ्रीनटथ्री राईफलको गोली ३ राउण्ड सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । बीरगंज उपमहानगरपालिका–८ स्थित भित्री सडकमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीले साहलाई उक्त हतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments