Incident Reports

बलात्कारीलाई कारवाहीको माग गर्दै जिप्रका महोत्तरी घेराउ

2017-04-11

Madhes, Mahottari, Jaleswor

बलात्कारीलाई कारवाहीको माग गर्दै पिपराका पीडित परिवार तथा स्थानीयवासिन्दाले प्रर्दशन गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरी घेराउ गरेका छन्। पिपराका स्थानीयले बलात्कारीलाई कारवाही, पीडितलाई क्षतिपूर्ति र न्यायको माग गर्दै जलेश्वरको मटिहानी चौकबाट विरोध प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए। एक बालिकालाई बलात्कार गरेको घटनामा प्रहरीले केही गर्न नसकेको आरोप लगाउँदै पीडित परिवारले प्रहरी प्रमुखविरुद्ध चर्को नाराबाजी गर्दै करिब १ घण्टा कार्यालय घेराउ गरेका थिए। पासमान थरकी १० वर्षीया बालिकालाई सोही गाउँपालिकाका एक वृद्धले बलात्कार गरेको भन्दै उजुरी गरेको एकहप्ता भन्दा बढी भइसकेपनि प्रहरीले केही नगरेको भन्दै पिडित परिवारले आरोप लगाउका छन्रपिपरा गाउँपालिका ३ का ७० वर्षीय वृद्ध मुनी भन्ने कुमार पाण्डेले पिपरा ४ की १० वर्षीया रानी (नाम परिवर्तन) लाई गत चैत १८ गते करिब १ बजे आफ्नै घरमा ढोका लगाई बलात्कार गरेको पीडित परिवारको आरोप छ। पीडितका आफन्तका अनुसार बालिका विद्यालयबाट घर फर्किरहेकाबेला पाण्डेले ललाईफकाई घरमा लगी बलात्कार गरेका हुन्। बलात्कारपछि कसैलाई भनेमा मारिदिने धम्की समेत दिएको बालिकाका बुवा विपिन पासमानको भनाइ छ। दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासनले हेलचेक्र्याँई गरिरहेको भन्दै आफूहरुको मुद्दा दर्ता नगरेको समेत पीडित परिवारको आरोप छ। एकहप्तादेखि पीडित बालिका र उनका बुवाआमालाई कार्यालय समयमै बोलाउने, सोधपुछ गर्ने तर दोषीलाई पक्राउ गर्न नसकेको गुनासो पासमानको छ। पीडित परिवारले चैत २० गते ईलाका प्रहरी कार्यालय सहोडवामा घटनाबारे जानकारी गराएपछि प्रहरी प्रतिवेदन र पीडितको जाहेरीको आधारमा पाण्डेमाथि जिप्रका महोत्तरीले चैत २१ मा जवरजस्ती करणी मुदा दर्ता गरी कारवाही अघि बढाएको प्रहरीले जनाएको छ। प्रहरीले पाण्डेमाथि जवरजस्ती करणी मुद्दा दर्ता गरी उनको छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments