Incident Reports

अंश जोगाउन पत्नीकै हत्या

2017-04-11

Madhes, Parsa, Birgunj

वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ । सर्लाही गोडैता–११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले १ लाख खर्चेर २८ वर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो । बबिता जागिरको सिलसिलामा एक वर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन् । प्रहरीले बुधबार पत्रकार सम्मेलनमा हत्या आरोपमा पक्राउ परेका अमरेन्द्र र उनका काकाका छोरा ज्ञानेन्द्रको बयानबाट यस्तो खुलेको जनायो । दुवैमाथि थप अनुसन्धान गर्न बारा प्रहरीले उनीहरूलाई पर्सा प्रहरीको जिम्मा लगाएको छ । घटनास्थल पर्सामा भएकाले थप अनुसन्धान गर्न फाइलसँगै आरोपीद्वयलाई उतै पठाइएको प्रहरीले जनायो । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्रप्रसाद उप्रेतीले बबिताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए । ‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ,’ उनले भने । गत असोजमा बबिताले अंशसहित सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी थिइन् । तीन महिनापछि पुस ११ मा अंश दिने सहमति भई मिलापत्र भएको थियो । त्यसपछि अमरेन्द्रले अंश दिन आनाकानी गर्दै आएका थिए । अमरेन्द्र सर्लाहीस्थित एक गाउँको विद्यालयमा अंग्रजी विषयका शिक्षक हुन् । ‘पतिकै मुख्य योजनामा हत्या गरिएको हो,’ एसपी उप्रेतीले भने, ‘दुई लाख खर्चेर अन्यबाट हत्या गराएका हुन् ।’ बबिता जागिरे भएर उसले अंश लिई अर्कैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments