Incident Reports

मोर्चाको अवरोधले मालपोत ठप्प

2017-03-30

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चेतावनी र अवरोधपछि विहिबार जिल्ला मालपोत कार्यालय सप्तरी ठप्प भएको छ । सरकारले लागु गरेको स्थानीय निकायको नयाँ संरचनाअनुसार काम नगर्न दवाव दिँदै मोर्चाले अवरोध गरेपछि कार्यालयको काम ठप्प भएको हो । सरकारको निर्देशनपछि कार्यालयको सम्पुर्ण गतिविधि नयाँ संरचना कार्यान्वयन गर्न मोर्चाले दवाव दिँदै आएको थियो । नयाँ संरचना अनुसार ४ प्रतिशत कर उठाउन बन्द गरी पुरानै संरचना अनुसार २ प्रतिशत मात्र राजश्व लिनुपर्ने मोर्चाको माग छ । सोही क्रममा मोर्चाका कार्यकताएले बिहिबार पनि कार्यालयको काममा अवरोध गरेका थिए । विहिबारै सम्पन्न मोर्चाको बैठकले नयाँ संरचनाअनुसार काम कारवाही गरे त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी लिनुपर्ने भन्दै निर्णय गरेपछि शुक्रबार बिहानैदेखि कार्यालयको काममा अवरोध गरिएको छ । मालपोत कार्यालयका प्रमुख दधिरामा गुरागाईसहित कुनै पनि कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएनन् । मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि कार्यालयको मुल गेटमा नाराबाजी गर्दै धर्ना बसेपछि कर्मचारीहरु कार्यालय प्रवेश गर्न पाएका थिएनन् । लेखापढि व्यवसायीहरु समेत आन्दोलनमा उत्रिएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 13
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis