Incident Reports

पत्रकार महासंघ केन्द्रमा फेरि तालाबन्दी

2017-04-12

Bagmati, Kathmandu, Kathmandu, Ward 9

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बुधबार फेरि तालाबन्दी भएको छ । विभिन्न माग राखी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यवहाक अध्यक्ष श्रवणकुमार देव लगायत डेढ दर्जन पत्रकारहरुले बुधबारदेखि महासंघ केन्द्रमा तालाबन्दीसहित अनिश्चितकालीन धर्ना दिएका हुन् । धर्नामा नेपाल प्रेस युनियन, प्रेस सेन्टर, संघीय प्रेस फोरम आबद्ध पत्रकारहरु पनि छन् । उनीहरुले विधानसम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने र बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग गरेका छन् । महासंघको केन्द्रीय कार्यसमितिले सप्तरी शाखामा विवाद देखिएपछि गत फागुन ७ गतेको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको थियो । तर, विवाद समाधानै नगरी पछिल्लो पटक आउँदो वैशाख ७ गतेभित्र अधिवेशन गराउनुपर्ने महासंघ केन्द्रको निर्देशनप्रति पनि उनीहरुको आपत्ति छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Chitwan

0 Comments