Incident Reports

गाउँपालिका घोषणाको माग गर्दै प्रदर्शन

2017-04-02

Madhes, Siraha, Siraha

अलगै गाउँपालिका घोषणाको माग गर्दै चार गाविसका बासिन्दाहरुले आइतबार जिल्ला सदरमुकाम, सिरहामा जुलुश प्रदर्शन गरेको छ । सयौँको संख्यामा आएका बासिन्दाहरु सहभागि जुलुस यहाँको थानाचौँकबाट निस्केर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएको हो । हकपारा, सन्हैठा, कृष्णपुर र लगडि गदियानीका बासिन्दाहरुले सन्हैठा गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै जोडदार नारा लगाएका थिए । ग्रामिण भेगकोे समस्या नै नबुझि गाउँपालिकाको सिमा र गाविसलाई समावेश गरेको हुँदा अमिल्दो भएको उनीहरुले दाबी गरेका छन् । प्रशासनिक तथा भौगोलिक दृष्टिले चार गाविसको संरचना मिल्दो भएपनि केन्दिय सोच अनुसार गाउपालिका घोषणा गरिएको हुँदा आफुहरु मर्कामा परेको कृष्णपुरका स्थानीय शैलेन्द यादवको तर्क छ । जिल्ला सदरमुकाम र हकपारको दुरी ५ किलोमिटरभन्दा बढी रहेको बताउँदै नेकपा (माओवादी ) केन्दका युवा नेता महेश यादवले विकासिय योजना र प्रशासनिक दृष्टिले छायाँमा पर्ने भएकाले हकपारालाई सिरहा नगरपालिकामा गाभेर अन्याय भएको दावी गरे । उनका अनुसार अलगै गाउँपालिका घोषणको लागि चार गाविसको जनसंख्या मुल आधार रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Siraha , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis