Incident Reports

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

2017-04-20

Province 1, Morang, Belbari, Ward 2

बहुविवाह गरेको कसुरमा डागिहाट-५ का २७ वर्षीय भिमबहादुर बस्नेत र १८ वर्षीया पुजा थापा बस्नेतलाई जिल्ला अदालत मोरङले वैशाख ७ गते जनही एक वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश पुष्पराज थपलियाको इजलासले कैदसँगै जनही पाँच/पाच हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए । भिमबहादुर र पुजाबिच गत पुस १७ गते विवाह गरेको भन्दै २८ वर्षीया हिमा भुजेलले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले पुस २३ गते उनीहरू दुवैलाई गिरफ्तार गरी अनुसन्धान पश्चात माघ ६ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो । इन्दिरा भट्टराई

0 Comments