Incident Reports

विद्यार्थी संगठन बीच झडप

2017-04-21

Bagmati, Chitawan, Bharatpur, Ward 15

कृषि तथा वन विश्वविद्यालय रामपुरमा दुइ विद्यार्थी समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा क्रान्तिकारीका ३ जना र अनेरास्ववियुका ३ जना घाइते भएका छन्। नयाँ विद्यार्थीहरुले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनको विषयमा विवाद हुँदा दुइ पक्षबीच झडप भएको हो । घाइते हुनेमा अनेरास्ववियुका पोषण शाह, रोहित ढकाल, सन्दिप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह,सुगज अधिकारी र नोवेल आचार्य घाइते भएको प्रहरीले बताएको छ। झडपका क्रममा उनीहरुले पाइप, रडको प्रयोग गरेको बताइएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । कृषि क्याम्पस परिसरमा चितवन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 20
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth youth
Total Injured 6
Local Newspaper - Chitwan , National/Online Media

0 Comments