Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-04-21

Lumbini, Gulmi, Malika

मालिका गाउँपालिका- १ नेटाकी २७ वर्षीया सरस्वती पुनले आफू घरमा हुँदाहुँदै बहुविवाह गरेको आरोपमा २७ वर्षीय पति प्रेमबहादुर पुनविरुद्ध उजुरी गरेको आधारमा प्रहरीले वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपित पति र २५ वर्षीया विष्णु पुनबिच ०७३ फागुन २५ गते विवाह भएको आरोपमा गत चैत ३० गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गरेकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।

0 Comments