Incident Reports

मानव बेचबिखन गर्ने पक्राउ

2017-04-28

Bagmati, Kathmandu, Kathmandu

विपन्न महिलालाई वैदेशिक रोजगारीको अवसर देखाएर मानव बेचबिखन गर्ने गिरोहका तीन सदस्य पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरोज भन्ने तोकबहादुर तामाङ, मेदिनीप्रसाद प्रसाईं र निमा तामाङलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार यही समूहले भारतको नयाँदिल्ली हुँदै ओमान पठाउन लागेका दुई युवतीलाई गोंगबुको एक गेस्ट हाउसबाट उद्धार गरिएको छ । ग्रामीण क्षेत्रका विपन्न महिलालाई ओमान जाने प्रलोभन देखाई उनीहरूले प्रतिव्यक्ति १ लाख ३० हजार रुपैयाँ उठाउने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही चलाइएको छ ।

0 Comments