Incident Reports

विरोध प्रदर्शनका क्रममा झडप, केही विद्यार्थी नेता घाइते

2017-04-28

Bagmati, Kathmandu, Kathmandu, Ward 13

निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप भएको छ । विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन् । ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दी समेत गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए। उनले निजी शैक्षिक संस्थाले सरकारको मार्गनिर्देशनको उल्लङ्घन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुन विपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Police
Actor 2 - Youth youth
Total Injured 3
National/Online Media

0 Comments