Incident Reports

शिक्षा कार्यालय र निजि बिद्यालयहरुमा तालाबन्दी

2017-04-27

Sudurpashchim, Kailali, Dhangadhi

निजि बिद्यालयहरुको बढाएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै संयुक्त बिद्यार्थी संगठनले कैलालीका निजि बिद्यालयहरु जिल्ला शिक्षा कार्यालय तथा प्याब्सन र एनप्याब्सनमा तालाबन्दी गरेका छन् । मनोमानी शुल्क असुलेको भन्दै धनगढीका तिन दर्जन बढी बिद्यालयका लेखा साखमा तालाबन्दी गरेका छन् । धनगढीका ऐस्वर्य बिद्या निकेतन , थ्री स्तर, एरिस्टो, कैलाली बिद्या निकेतन , हेभन्स गार्डेन , मोडर्न एरा, डिलाइट, मालिका , एक्सिस, क्यास्पियन , एलाएन्स , क्रिसेन्ट, जेसिस एभरेस्ट , स्टेपिंग, हिमालयन एकेडेमी , वेस्टर्न क्रिस्टल , सिद्दार्थ सिसु सदनलगायत बिद्यालयहरुका लेखा शाखामा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष्य डम्बर भट्टराईले बताए । बिद्यालयहरुले मनोमानी ढंगले शुल्क बढाएकाले बिरोधमा तालाबन्दी गरिएको बिद्यार्थी संगठनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments