Incident Reports

टाँडी क्याम्पसमा तोडफोड

2017-04-28

Bagmati, Chitawan, Ratnanagar

नेविसंघका कार्यकर्ताले रत्ननगरमा रहेको शहिद स्मृति बहुमुखी क्याम्पसमा शुक्रबार तोडफोड गरेका छन् । अखिलका कार्यकर्ताले क्याम्पस परिसरमा एमालेको झन्डा राखेको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले क्याम्पस प्रशासनमा तोडफोड गरेका हुन् । उनीहरुले प्रशासन कोठाको सिसा, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कुर्ची र एउटा कम्प्युटर तोडफोड गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रंजितकारले बताए । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका नेविसंघको क्याम्पस इकाइ उपसभापति विवेक श्रेष्ठ, सन्तोष दुवादी र राजेश पाण्डेलाई पुन:घटना नदोहोर्याउने सर्तमा छाडिएको प्रहरी नायव उपरीक्षक रंजितकारले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments