Incident Reports

तटबन्ध निर्माणमा स्थानीयको अवरोध

2017-05-03

Lumbini, Bardiya, Rajapur

कर्णाली नदीको तटीय क्षेत्रको दौलतपुरमा स्थानीयले निर्माण कार्यमा अवरोध गरेका छन् । उनीहरूले तटबन्धलाई दिने जग्गाको मुआब्जा नपाउने भएपछि काम अघि बढ्न रोकेका हुन् । कर्णाली नदी व्यवस्थापन आयोजनाका अनुसार तटबन्धलाई जग्गा दिँदा स्थानीयले मुआब्जा नपाउने भएपछि विरोध जनाएका हुन् । राजापुरस्थित दौलतपुरको पश्चिम भेगमा करिब ३ किमि जग्गा तटबन्धका लागि चाहिने भएको हो । दौलतपुरका लक्षमण थारूले तटबन्धका लागि सित्तैमा महँगो जग्गा दिन नसक्ने बताए । सरकारले तटबन्धका लागि ठूलो धनराशि खर्च गर्दै आए पनि जग्गाको मुआब्जा दिन कन्जुस्याइँ गरेको उनको आरोप छ । तटबन्धका लागि प्रयोग हुने जग्गा तीन दर्जन घरधुरीको पर्छ । आयोजनाका प्रमुख तिलक खत्रीले तटबन्धमा प्रयोग हुने जग्गाको मुआब्जा दिने सरकारको नीति नभएकाले उपलब्ध गराउन नसकेको बताए । राजापुर क्षेत्र कर्णाली नदी कटान र बाढीको उच्च जोखिममा छ । तबन्ध सुचारुका लागि स्थानीय दलका प्रतिनिधिले पहल गरे पनि समाधान हुन नसकेको उनले बताए । ०७१ साल फागुनबाट सुरु भएको तटबन्ध ०७५ सालभित्र सम्पन्न गरिसक्ने सरकारी योजना छ । योजनाअनुसार कर्णाली र गेरुवा नदीमा ४३ किमि तटबन्धको काम थालिएको हो । कार्यालयका अनुसार कर्णालीमा ३० र गेरुवामा १३ किमि तटबन्धको काम अगाडि बढाइएको हो । चालु आर्थिक वर्षभित्र १८ किमि काम सम्पन्न हुने आयोजनाले जनाएको छ । नदी कटान र बाढीले बर्सेनि सय बिघाभन्दा बढी जग्गा बगाउने गरेकाले तटबन्ध निर्माण थालिएको हो । करिब ११ अर्बको लागतमा काम सम्पन्न हुने लक्ष्य राख्दै कर्णालीमा तटबन्धको काम सुरु भएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments