Incident Reports

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

2017-05-04

Madhes, Saptari, Saptakoshi, Ward 4

सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ। सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादक पदार्थ सेवन गरी माइतीमै बस्दै आएकी श्रीमती माहादेवी सदा र सासू हसनीदेवी सदालाई खुकुरी प्रहार गरी घाइते बनाएको हो। खुकुरी प्रहारबाट महादेवीको टाउकामा गम्भीर चोट लागेको छ भने हसनीदेवीको घाँटी काटिएको छ । घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यता खुकुरी प्रहार गर्ने सदालाई स्थानीय फत्तेपुर प्रहरी चौकीले पक्राउ गरी अनुसन्धान थालेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 2
Severely damaged Buildings 00
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments