Incident Reports

दोलखामा मध्यरातमा सडक सुधार आयोजनाको गाडी जलाइयो

2017-05-08

Bagmati, Dolakha, Bhimeshwor, Ward 6

दोलखामा मध्यराति हाईलक्स गाडी जलाइएको छ । बा ९ च १०८० नम्बरको हाईलक्स गाडी जलाएको हो । खाडीचौर–जिरी सडक विस्तार आयोजनाको कन्सल्ट्यान्ट ईतिको कन्सल्ट्यान्स कम्पनीले प्रयोग गर्ने हाईलक्स गाडी गएराति १ बजेको समयमा भिमेश्वर नगरपालिका–६ चोथाङमा जलिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा गएर अनुसन्धान गर्दा गाडी जलाउनुको कारणबारे खुलेको छैन । कन्सल्ट्यान्टको गाडी के कारणले जलेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए । एक्जीम बैंक भारतको सहयोगमा निर्माण भइरहेको सडक सुधार आयोजनाको कन्सल्ट्यान्टले प्रयोग गर्ने गाडी जल्नुमा आयोजनामा भएको वादविवाद हुनसक्ने अनुमान गरिएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments