Incident Reports

कास्कीको ६ विद्यालयमा तालाबन्दी

2017-04-26

Gandaki, Kaski, Pokhara Lekhnath

सरकारको तोकेको सिलिंग र सर्वाच्च अदालतले दिएको आदेश विपरित शुल्क बढाएका निजि विद्यालयमा संयुक्त विद्यार्थी संघठनले बुधबार तालाबन्दी गरेका छन्। तालाबन्दीको सूचीमा पोखराको ६ विद्यालय परेका छन् । शिशु निकेतन, फिस्टेल, मदरल्याण्ड ह्यापी कुमदिनी होम र प्रगति मा वी मा तालाबन्दी गरेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष नारायण बडाल, अनेरास्ववीयुको अध्यक्ष शेखर गौतम नेवि संघ केन्द्रिय सदस्य भानु ढकाल अखिल क्रान्तिकारी विप्लप समूहको जिल्ला अध्यक्ष मिलन राई अखिल क्रान्तिकारी छैठौका अध्यक्ष गोपाल अधिकारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाएका छन् । कास्की जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएसंगै मनपरी शुल्क लिने विरुद्ध कडा भन्दा कडा कारवाही गर्ने तथा आज देखि अझ प्रतिकार गरी उत्रने चेतावनी दिएका छन् । साथै आफ्नो स्कुलको लेखा शाखा आफै बन्द गरी तत्काल नेपाल सरकारले तोकेको शुल्क लिन पाँच विधार्थी संगठनले आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments