Incident Reports

Ujyaalo: Clash between police and locals in Pyuthan

2017-05-12

Lumbini, Pyuthan, Sworgadwary

A clash erupts between Police and locals in Pyuthan after a prisoner died in police custody in mysterious circumstances. 29-year-old Bhupendra Giri resident of Sari, Swargodwari-5 was found dead in the rest room of Area Police Office on Thursday. Police said he went to the washroom around 1 am and later found him hanging in the ceiling. Deceased was remanded in the custody for the investigation over the domestic dispute. But the family of the deceased claimed the incident mysteriously and has demanded a fair investigation. Local have plated stones in area police office. To control over the situation police have fired two round of Ashru gas. Four people has been injured in clash. प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप भएको छ । बिहीवार राति स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए । उनी गएराति १ बजे शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ । २९ वर्षका गिरीको प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन् । घर झगडाको विषयमा अनुसन्धान गर्न भनि ल्याइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले भने यो घटनालाई गिरी आफैले आत्महत्या गरेको जनाएको छ । तर आफन्तले स्विकारेका छैनन् । उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन् । यही विषयलाई लिएर स्थानीय बासिन्दाले रोल्पा–प्यूठान सडक खण्ड बिहानैदेखि बन्द गराएका छन् । दिउँसोसम्म प्रहरीले वास्तविकता दिन नसकेको भन्दै स्थानीय बासिन्दा र पीडित पक्षले इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए । स्थानीय बासिन्दाको ढुङ्गा प्रहारबाट चौकीको भवनको झ्याल ढोकाका सिसा फुटेका छन् । आक्रोसित आफन्तका परिवारले चौकी तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई साम्य बनाउन २ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहारबाट स्थानीय बासिन्दा तितरबितर भएका छन् । अहिले घटना स्थल प्रहरी चौकी नजिक तनावग्रस्त छ । स्थानीय बासिन्दा र प्रहरी बिचको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्राथमिक उपचार भइरहेको छ । मृतक व्यक्तिको पोष्टमार्टका आधारमा पीडितका आफन्तहरुले थप संघर्षका कार्यक्रम अघि सार्ने जानकारी गराएका छन् । गिरीको अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । स्थानीय बासिन्दाले घटनाको यथार्त छानबिन, दोषीलाई कारबाहीको माग र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । Update ------ भिंगृ झडप (अपडेट) : चारजना घाइते प्यूठानको भिंगृमा भएको प्रहरी र स्थानीय बासिन्दाबिचको झडपमा ४ जना घाइते भएका छन् । घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन् । खबिराम टाउकोमा चोट लागेको गम्भीर घाइते भएका छन् । अहिले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको छ । प्रहरी र स्थानीय बासिन्दाबिच छलफलको तयारी भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Others types of mob justice
Secondary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments