Incident Reports

प्यूठानको भिंगृमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप

2017-05-12

Lumbini, Pyuthan, Sworgadwary

प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप भएको छ । बिहीवार राति स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए । उनी गएराति १ बजे शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ । २९ वर्षका गिरीको प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन् । घर झगडाको विषयमा अनुसन्धान गर्न भनि ल्याइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले भने यो घटनालाई गिरी आफैले आत्महत्या गरेको जनाएको छ । तर आफन्तले स्विकारेका छैनन् । उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन् । यही विषयलाई लिएर स्थानीय बासिन्दाले रोल्पा–प्यूठान सडक खण्ड बिहानैदेखि बन्द गराएका छन् । दिउँसोसम्म प्रहरीले वास्तविकता दिन नसकेको भन्दै स्थानीय बासिन्दा र पीडित पक्षले इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए । स्थानीय बासिन्दाको ढुङ्गा प्रहारबाट चौकीको भवनको झ्याल ढोकाका सिसा फुटेका छन् । आक्रोसित आफन्तका परिवारले चौकी तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई साम्य बनाउन २ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहारबाट स्थानीय बासिन्दा तितरबितर भएका छन् । अहिले घटना स्थल प्रहरी चौकी नजिक तनावग्रस्त छ । स्थानीय बासिन्दा र प्रहरी बिचको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्राथमिक उपचार भइरहेको छ । मृतक व्यक्तिको पोष्टमार्टका आधारमा पीडितका आफन्तहरुले थप संघर्षका कार्यक्रम अघि सार्ने जानकारी गराएका छन् । गिरीको अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । स्थानीय बासिन्दाले घटनाको यथार्त छानबिन, दोषीलाई कारबाहीको माग र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । Update ------ भिंगृ झडप (अपडेट) : चारजना घाइते प्यूठानको भिंगृमा भएको प्रहरी र स्थानीय बासिन्दाबिचको झडपमा ४ जना घाइते भएका छन् । घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन् । खबिराम टाउकोमा चोट लागेको गम्भीर घाइते भएका छन् । अहिले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको छ । प्रहरी र स्थानीय बासिन्दाबिच छलफलको तयारी भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Others types of mob justice
Secondary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments