Incident Reports

औषधि व्यवसायीद्वारा विभागमा धर्ना

2017-05-16

Bagmati, Kathmandu, Kathmandu

औषधि आयातमा लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधी आयातकर्ताहरुले मुखमा कालो पट्टी बाँधेर औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा मंगलबार औषधी व्यवस्था विभागको परिसरमा आयात कर्ता व्यवसायीले धर्ना दिएका हुन् । सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने निर्णय गरेपछि चरणबद्ध आन्दोलनमा उत्रेका आयातकर्ता व्यवसायीले निर्णय फिर्ताको माग गर्दै धर्ना बसेका हुन् । सरकारले केही स्वदेशी औषधी उत्पादककर्ताको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधी आयातमा रोक लगाउने निर्णय गरेको आरोप पनि उनीहरुले लगाएका छन् । औषधी आयात कर्ताहरुले स्वास्थ्यमन्त्री गगन थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बदनाम बनाउन खोजेको दाबी गरेका छन् । औषधी आयातमा प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता नभएसबै औषधिको आयात ठप्प पार्ने चेतावनी संघका महासचिव पवन आर्चायले दिएका छन् । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments