Incident Reports

बलात्कार घटनाका आरोपितहरूविरुद्ध मुद्दा दर्ता

2017-05-19

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 1

४० वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते हनुमाननगर कंकालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका महेन्द्र महात्मान यादव, भारत घर भई हनुमाननगर कंकालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साह र ३० वर्षीय एक अपरिचितविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । पीडितले जेठ ५ गते दिएको उजुरीका आधारमा जबरजस्ती करणी मुद्दा दर्ता गरी आरोपितहरूको खोजी कार्य भइरहेको डिएसपी यादवराज उप्रेतीले जानकारी दिए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जेठ ५ गते स्वास्थ्य परीक्षण भएको सई हरि खड्काले बताए । पसलमा सुतेकी पीडितलाई आरोपितमध्ये यादव र साहले जेठ ५ गते बिहान बलात्कार गरेको र अन्यले हात खुट्टा समाएर सहयोग गरेको पीडितले बताइन् । घटनापछि फरार रहेका आरोपितहरूका आफन्तले पैसा लिएर मिल्न दवाव दिएको समेत उनले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments