Incident Reports

अश्लिल हेरेपछि १५ वर्षे बालकद्वारा छिमेकी बालिकालाई बलात्कार

2017-04-30

Lumbini, Rupandehi, Butwal

रुपन्देहीको सैनामैनामा एक अवोध बालिका १५ वर्षे बालकबाट बलात्कारको शिकार बनेकी छन् । रुपन्देहीको सैनामैनाकी ९ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने १५ बर्षिय सन्दिप बन्जाडेले बिद्यालयमा साथीहरुले देखाएको अश्लिल चलचित्र हेरेपछि आफूलाई पनि त्यहि चलचित्रमा जस्तै गर्ने ईच्छा जागेको प्रहरीसामू बयान दिएका छन् । आफ्नै छिमेकी नावालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नै कोठामा लगेर बलात्कार गरेका बन्जाडेले आफूलाई साथीहरुले दिनहुँ जसो अश्लील चलचित्र देखाउने गरेको समेत बयान दिए। सामाजिक सञ्जालको दुरूपयोगका कारण पछिल्लो समय बालबालिकाहरु अपराधिक कार्यमा संलग्न हुने गरेका छन् । सामाजिक सञ्जालको प्रयोग तथा युट्युवमा राखिएको अश्लिल दृश्यका कारण किशोरकिशोरीहरु अपराध कार्यमा फस्ने गरेका छन् बन्जाडे अहिले कक्षा १० मा अध्ययनरत छन् भने बालिका कक्षा ५ मा पढ्दैछिन् । गत वैसाख १७ गते साँझ आफ्नै टोलमा खेल्न निस्किएकी बालिकालाई जुस, चक्लेट दिन भन्दै कोठामा लगेर बलात्कार गरेको र पछि कसैलाई खबर गरे मारिदिन्छु भन्दै धम्की दिएको पीडित बालिकाकी आमाले बताईन्। साँझ करिब ६ बजेतिर बलात्कारको शिकार बनेकी बालिका राति पटकपटक शौचालय जाने गरेको र कपडामा रगत लागेको आमाले देखेपछि घटनाबारे रहस्य पत्ता लागेको थियो । “पहिले त हामीले जुकाले टोकेछ की भन्यौ, तर भोलिपल्ट बिहान पनि त्यस्तै अवस्था देखिएको र हिड्न समेत अप्ठेरो देखिएपछि छोरीको सुरुवाल र पेन्टी खोलेर हेर्दा गुप्ताङ च्यातिएको देखेपछि घटनाबारे खुलाईन्” आमाले रुदै भनीन्। घटना थाहा भएपछि उजुरी दिएपछि अहिले पिडक बालक ईलाका प्रहरी कार्यालय बुटवलको संरक्षणमा छन् । बालकलाई सोधपुछ गर्दा आफूले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्ष मुकुन्द मरासिनीले बालक दोषि रहे पनि प्रहरीको संरक्षणमा हिरासत बाहिर नै राखिएको बताए। उता पीडक बालकका परिवारले पीडित परिवारलाई आर्थिक प्रलोभन दिएर मिल्न दवाव दिएको बताएका छन्। ‘हामीलाई छोरी पढाउने र औषधि खर्च व्यहोरी दिन्छौ घटना मिलाउनु पर्‍यो भन्दै केटाको बुवाले दवाव दिएका छन्,’ बालिकाकी छिमेकी काकी कमला कार्कीले बताईन्। प्रहरी नायव उपरीक्षक मरासीनीले घटनामा संलग्न बालक प्रहरी नियन्त्रणमा रहेको र प्रचलित कानुन अनुसार बाल सुधार गृहमा पठाउने तयारी भएको बताए। कानुनले १४ देखि १६ वर्ष सम्मका बालकले गरेको अपराधलाई २० वर्ष उमेर पुगेको बयस्कलाई हुने सजायंको आधा कम सजायको व्यवस्था गरेको अधिवक्ता यमलाल खनालले बताए। जवरजस्ती करणी जस्ता घटनामा संलग्न १६ वर्ष मुनीको बालकहरुले उन्मुक्ती पाएका कारण साना बालिकाहरूले पीडा भोग्नु परेका घटनाहरु एकपछि अर्को हुँदै देखिन थालेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments