Incident Reports

लेखापढी व्यवसायीको कलम बन्द

2017-05-19

नेपाल लेखापढी कानुन व्यवसायी ईकाई समिति जनकपुरले शुक्रबार कलम बन्द गरेर स्थानीय प्रशासनको विरोध गरेको छ । बिहिबार धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले आफ्नो कार्यकक्षमै बोलाएर नेपाल लेखापढी कानुन व्यवसायी ईकाई समितिका अध्यक्ष रामसुन्दर यादवसहित लेखापढी कानुन व्यवसायीलाई कुटपिट गरेको विरोधमा उनीहरुले शुक्रबार कलम बन्द गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चापागाईले माफी माग्नुपर्ने भन्दै उनीहरुले लेखन सम्बन्धि कार्य एक दिन बन्द गर्ने घोषणा गरेको थियो । यता, प्रमुख जिल्ला अधिकारी चापागाईले सेवाग्राहीबाट केही लेखापढी कानुन व्यवसायीले आवश्यक भन्दा बढी शुल्क असुल्ने तथा आफुसँग काम नगराए काम हुन नदिने जस्ता धम्की दिएर तर्साउने व्यवसायीलाई कारवाही गरिएको बताउँदै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments