Incident Reports

Nayapatrika: Mysterious death of girl, family claim rape and murder

2017-06-24

Bagmati, Lalitpur, Lalitpur

A death of 11-year-old girl Kalpana Nepali has became more suspicious. She was found dead on Friday. Family of the girl has claimed that she was been raped and murdered. They have filed a complained at police accusing Dinesh Chaudhary, behind the incident. Meanwhile, Dinesh has been remanded in the custody for further investigation. It is learnt that, Dinesh used to tease the girl. locals also said that he was beaten up many times because of his misbehaviour. Relative of the child state that some blue marks were found near her private part. While her dead body has been send for post-mortum. डल्लुको चागलमा ११ वर्षीया बालिका कल्पना नेपालीको मृत्यु रहस्यमय बन्दै गएको छ । ललितपुर लेलेकी कल्पनाको गत शुक्रबार मृत्यु भएको हो । बालिकाका परिवारले उनको बलात्कारपछि हत्या भएको बताएको छ । छोरीको मृत्युपछि आमा सन्तोषीले डेराछेउ बस्ने दिनेश चौधरीको नाममा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी दिएलगत्तै चौधरीलाई स्वयम्भू प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको छ । दिनेशको व्यवहार शंकास्पद सन्तोषीले पहिले पनि दिनेशले आएर जथाभावी छुन खोज्ने, छोरीलाई ठीक पार्छु भन्ने, झ्यालबाट चिहाउने गरेर आफूलाई निकै दुःख दिने गरेको बताइन् । छिमेकीहरूले पनि दिनेश निकै खराब आचरणको र पटक–पटक केटी काण्डमै कुटाइसमेत खाएको बताए । आरोपी चौधरीले घरकै छेउमा टेलरिङ व्यवसाय गर्दै आएका छन् । श्रीमान्ले अर्को बिहे गरेर हिँडेपछि सन्तोषी छोरीछोरी लिएर छुट्टै बस्दै आएकी थिइन् । गार्मेन्टमा काम गरेर उनले एक छोरा र एक छोरीलाई पाल्दै आएकी थिइन् । मृतक कल्पना कंकेश्वरी सेकेन्डरी स्कुलमा ६ कक्षामा अध्ययनरत थिइन् । गुप्तांगमा निलडाम, घाँटीवरिपरि डोब सन्तोषीका छिमेकी दयाराम बटलाले बालिकाको गुप्तांगभरि निलडाम रहेको जानकारी दिए । ‘गुप्तांगको वरिपरि चोटपटक र निलडाम थिए, घाँटीमा नङको जस्तो डोब र चोट थिए,’ उनले फोटो देखाउँदै नयाँ पत्रिकासँग भने । स्वयम्भू प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक विष्णु बस्यालले पनि बालिकाको घाँटीमा नङको डोब देखिएको बताए । कल्पनाका आफन्तले अस्पतालले पोस्टमार्टममा त्यति चासो नदिएको गुनासो गरे । तर, अस्पतालले भने पोस्टमार्टम भइसकेको जनाउँदै रिपोर्ट आउन मात्र बाँकी रहेको जनाएको छ । पोस्टमार्टममा संलग्न चिकित्सक डा. रिजन श्रेष्ठले बालिकाको योनिको आधा झिल्ली फाटेको आफन्तलाई जानकारी दिएका थिए । योनिको भित्री भाग र टाउकोमा चोट रहेको उनको भनाइ छ । फाइल परिसरमा पुग्यो स्वयम्भूका प्रहरी नायब उपरीक्षक कोमल शाहले शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पु¥याएको बताए । पोस्टमार्टमको रिपोर्ट आएपछि धेरै कुरा खुल्ने उनले बताए । सोमबार स्वयम्भू प्रहरीले पीडितलाई बोलाएर छलफल गरेको थियो । प्रहरीले मृतक परिवारलाई महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल मगाएकाले सम्पूर्ण फाइल पठाएको जानकारी दिएको छ । दिनेशले नै हत्या गरेको हो : कल्पनाकी आमा मेरो छोरीको बलात्कार गरी हत्या गरिएको हो । सो दिन बिहान १० बजे खाना खाएर गार्मेन्टमा काम गर्न गएकी थिएँ । म निस्कँदा कल्पना टिभी हेरेर बसिरहेकी थिई । दिउँसो त्यस्तो भएको थाहा पाएपछि तत्काल कोठामा आएँ । छोरी झ्यालनेर राखिएको ओछ्यानमा घोप्टो परेकी थिई । एउटा खुट्टा खुम्च्याएर अचेत अवस्थामा थिई । ढोका खुलै थियो । खाटमाथिको झ्यालको ह्यान्डिलमा लुंगी घुसारेर घाँटीमा लगाइएको थियो, ता कि त्यहाँ झुन्डिएर आत्महत्या गर्ने अवस्था नै छैन । मैले छोरीलाई बचाउन धेरै हारगुहार गरेँ । तर, मेरो कोठाछेउमै बस्ने दिनेश आउँदै आएनन् । कुनै सहयोग पनि गरेनन् । पछि अन्य छिमेकी आए । उनीहरूकै सहयोगमा मैले छोरीलाई वीर अस्पताल पुर्याएँ । डाक्टरले मृत्यु घोषणा गरेपछि विश्वास नै गर्न सकिनँ । पहिलाको दिनेशको व्यवहारले पनि छोरीको हत्या उसैले गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments