Incident Reports

Prime Minister's effigy burnt in Subarnapur

2017-05-23

Madhes, Parsa, Parsa

Locals and the cadres of all political parties from Subarnapur Rural Municipality of the district organized a joint protest at Subarnapur chock demanding to announce Subarnapur Rural Municipality as Municipality. The protesting group burnt effigies of Prime Minister along with other Ministers and announced an indefinite Bandh in Subarnapur Rural Municipality. Vehicular movement in the southern part of the district has been affected. पर्साको सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका घोषणा नगरेको भन्दै स्थानीयबासी र राजनीतिक दलका नेताकार्यकर्ताहरुले मङगलवार देखि अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द गर्नुका साथै यातायात पनि अवरुद्ध पारेका छन्। सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले तराई मधेसका जिल्लामा २२ वटा स्थानीय तहको संख्या थप गर्दै केही गाँउपालिकालाई मात्रै नगरपालिका बनाएको भन्दै स्थानीयबासी र दलका नेता कार्यकर्ताहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन्। स्थानीयबासी र राजनीतिक दलका नेता कार्यकर्ताहरुले मङगलवार प्रदर्शन गर्दै प्रधानमन्त्री सहित मुख्य दलका शीर्ष नेता र सांसदहरुको पुत्ला दहन पनि गरेका छन्। सुर्वणपुर चोकमा स्थानीयबासी र दलका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एंव नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार , पर्सा क्षेत्र नम्बर ४ का सांसद सुरेन्द्र प्रसाद चौधरी , पर्सा क्षेत्र नम्बर ५ का सांसद जय प्रकाश थारु र पुर्वसभासद रमेश रिजालको पुत्ला दहन गरेका हुन्। उनीहरुले सुर्वणपुर गाँउपालिकामा रहेका सरकारी कार्यालय र विद्यालयहरु पनि मङगलवार देखि अनिश्चितकालका लागि बन्द गरेका छन्। मङगलवार बिहानै देखि प्रदर्शनमा उत्रिएका सुवर्णपुरका स्थानीय र दलका नेता कार्यकर्ताले सुवर्णपुर चोकको मूल सडकमा पाल टाँगेर सडक पनि अवरुद्ध पारेका छन्। उनीहरुले वीरगन्ज ठोरी रुट र सुर्वणपुरबाट ठोरी हुदै काठमाण्डौ चल्ने यात्रुवाहक बसहरु पनि चल्न दिएका छैनन्। सरकारले सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका बनाउनु सट्टा टुक्राउने षडयन्त्र गरेको स्थानीयको आरोप छ।सुर्वणपुर गाँउपालिकमा रहेका साविकका ठोरी, निर्मलवस्ती, सुवर्णपुर, महादेवपट्टी र सेढवा गाविसलाई समेटेर नगरपालिका बनाउनुपर्ने माग आफूहरुले राखिरहेको समयमा सरकारले त्यसको वेवास्ता गरी उल्टै सुवर्णपुर गाउँपालिकामा समावेश भएका केही गाविसलाई कटौती गर्ने प्रयास भैरहेकाले त्यसको विरोधमा प्रदर्शन गरिएको काँग्रेसका स्थानीय नेता विश्वराज घिमिरेले बताउनुभयो । सरकारले सुवर्णपुर गाउँपालिकामा रहेका साविकका ५ वटा गाविस मध्ये सेढवालाई हटाएर ४ वटा गाविस महादेवपट्टी, सुवर्णपुर, निर्मलवस्ती र ठोरीलाई मिलाएर एउटा गाउँपालिका बनाउने तयारी गरिरहेकाले सुवर्णपुरवासी आन्दोलनमा उत्रन बाध्य भएको घिमिरेको भनाइ छ। विरोध प्रदर्शनमा नेपाली काँग्रेसका विश्वराज घिमिरे, शम्भु पौडेल, नेकपा एमालेका मिन बहादुर ,नेकपा माओवादी केन्द्रका अष्ट बहादुर लोप्चन , राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रताप पाख्रिनको पनि सहभागिता छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis