Incident Reports

सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा माओवादीको प्रदर्शन

2017-05-27

Province 1, Morang, Biratnagar

स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आन्तरिम आदेशविरुद्ध माओवादी केन्द्र सडकमा उत्रिएको छ । माओवादी केन्द्र विराटनगरले शनिबार सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा प्रर्दशन गरेको हो । स्थानीय निलसदनवाट निस्किएको र्‍यालीमा मुख्य बजारको परिक्रमा गरी वि प्लटमा पुगेर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘विराटनगरलाई महानगरपालिका कार्यम गर, अदालती आदेश खारेज गर, कार्यपालिका माथिको हस्तक्षेप वन्द गर’ जस्ता नारा लगाएका थिए । कोण सभामा माओवादी केन्द्रका नेता हेम कार्की, मेयर एव उपमेयरका उम्मेदवार भोगेन्द्र यादव र नमिता न्यौपाने लगायतले विराटनगरको विकास नचाहनेहरुले विराटनगरलाई महानगरपालिका नवनाउन षडयन्त्र गरेको आरोप लगाए । सरकारले हालै मात्र विराटनगर र वीरगञ्जलाई महानगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो । तर, र्वोच्च अदालतले शुक्रबार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi

0 Comments

Related Trend Analysis