Incident Reports

हत्यारालार्इ कारबाहीको माग गर्दै धनगढीका महिला आन्दोलित

2017-05-26

Sudurpashchim, Kailali, Dhangadhi

हत्यामा संलग्न अपराधीलाई प्रहरीले अझै कारवाही गर्न नसकेको भन्दै धनगढीका महिलाहरू आन्दोलित भएका छन् । गत आइतबार धनगढी उपमहानगरपालिका ७ मा ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया श्रीमती कुन्तादेवी जोशीको विभत्स हत्या गरी कोठामा थुनेर रातभर खसी काटेर भतेर गर्ने अपराधीलाई प्रहरीले नसमातेको भन्दै स्थानीय महिलाहरू आन्दोलित भएका हुन् । हत्यारालाई कारबाही गर, सत्य तत्थ्य बाहिर निकाल, नागरिकको बाँच्ने अधिकार सुनिश्चित गर भन्ने जस्ता नारा लगाई सयौँ महिलाहरू विरोध र्यालीमा उत्रिएका छन् । धनगढी क्याम्पस रोडबाट सुरु भएको विरोध र्याली जिल्ला प्रहरी कार्यालयमा पुगेको छ । प्रहरीले हत्यारालाई नसमातेसम्म शव नबुझ्ने भन्दै आफन्त पनि आन्दोलमा उत्रिएका छन् । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा पुजा बटाला, समीक्षा साउद, जमुना साउद, रन्तलादेवी साउद र सिमरन धामीलाई सोमबार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका उपरीक्षक अर्जुन चन्दका अनुसार हत्याको मुख्य अभियुक्त भने फरार छन् र उनीहरूलाई पनि प्रहरीले चाँडै नै कानूनको कठघरामा उभ्याउने छ । उनका अनुसार अनुसन्धान सफलोन्मुख भएको र अपराधीलाई सकभर चाँडै नै सार्वजनिक गरिनेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments