Incident Reports

Annapurnapost: Teacher arrested on rape case

2017-05-28

Bagmati, Sindhuli, Dudhouli

A teacher from Sindhuli district has been arrested on a charge of raping an 11-year-old girl. Lok Bahadur Goraucha residence of Sithauli-2 of Marin rural municipality was arrested on Monday. According to the police, accused Garaucha was arrested on the basis of complained filed by the victim family stating that accused was caught red-handed when he was raping their daughter who was sleeping in her room after having dinner. एक जना शिक्षकलाई ११ वर्षीया बालिका बलत्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । मरिण गाउँपालिका २ स्थित सिर्थौली निमाविमा कार्यरत शिक्षक लोकबहादुर गरौचालाई बालिका बलत्कार आरोपमा इलाका प्रहरी कार्यालय कपिलाकोटले सोमबार नियन्त्रणमा लिएको हो । शिक्षक गरौचाले आइतबार राती ९ः३० बजेको समयमा सुति रहेकी बालिकामाथि जवरजस्ती बलत्कार गरेको पिडित बालिकाका बुबा पूर्णबहादुर थापामगरले बताउँनु भयो । लामो सयदेखि पूर्णबहादुरकै होटलमा खाना खाने र बस्ने गर्दै आएका शिक्षकले अभिभावकको आँखा छली बालिका सुतिरहेकै ठाउँमा करणी गर्दागर्दै समाएर प्रहरीको जिम्मा लगाएको थापामगरले जानकारी दिनुभयो । ‘शिक्षकले यस्तो व्यवहार गर्छन भन्ने कल्पना पनि गरेका थिएनौं । तर, आइतबार राती शिक्षकले घृणित काम गरेको देखेपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौं,’ पिडितका बुबा थापामगरले भन्नु भयोे । कोठामा एक्लै सुतेकी छोरी चिच्चाएर रोहेपछि के भयो भनी हेर्न जाँदा यस्तो देखिएको उहाँले बताउनुभयो । पीडित बालिका र अभिभावकको बयानका आधारमा शिक्षक गरौचालाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बुझाएको सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पंजियारले बताउनुभयो । शिक्षक गरौचामाथि पीडित परिवाले किटानी जाहेरी दर्ता गराएका छन् । शिक्षक गरौचा माथि आवश्यक सोधपुच्छ भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments