Incident Reports

११ वर्षीया बालिका बलत्कार गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

2017-05-28

Bagmati, Sindhuli, Dudhouli

एक जना शिक्षकलाई ११ वर्षीया बालिका बलत्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । मरिण गाउँपालिका २ स्थित सिर्थौली निमाविमा कार्यरत शिक्षक लोकबहादुर गरौचालाई बालिका बलत्कार आरोपमा इलाका प्रहरी कार्यालय कपिलाकोटले सोमबार नियन्त्रणमा लिएको हो । शिक्षक गरौचाले आइतबार राती ९ः३० बजेको समयमा सुति रहेकी बालिकामाथि जवरजस्ती बलत्कार गरेको पिडित बालिकाका बुबा पूर्णबहादुर थापामगरले बताउँनु भयो । लामो सयदेखि पूर्णबहादुरकै होटलमा खाना खाने र बस्ने गर्दै आएका शिक्षकले अभिभावकको आँखा छली बालिका सुतिरहेकै ठाउँमा करणी गर्दागर्दै समाएर प्रहरीको जिम्मा लगाएको थापामगरले जानकारी दिनुभयो । ‘शिक्षकले यस्तो व्यवहार गर्छन भन्ने कल्पना पनि गरेका थिएनौं । तर, आइतबार राती शिक्षकले घृणित काम गरेको देखेपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौं,’ पिडितका बुबा थापामगरले भन्नु भयोे । कोठामा एक्लै सुतेकी छोरी चिच्चाएर रोहेपछि के भयो भनी हेर्न जाँदा यस्तो देखिएको उहाँले बताउनुभयो । पीडित बालिका र अभिभावकको बयानका आधारमा शिक्षक गरौचालाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बुझाएको सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पंजियारले बताउनुभयो । शिक्षक गरौचामाथि पीडित परिवाले किटानी जाहेरी दर्ता गराएका छन् । शिक्षक गरौचा माथि आवश्यक सोधपुच्छ भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments