Incident Reports

पेस्तोल र ४ राउण्ड गोली सहित एक पक्राउ

2017-06-05

Madhes, Saptari, Bode Barsain

दोस्रो चरणको निर्वाचनलाई लक्षित गरि आपराधिक गतिविधि गर्न सक्ने तयारी गरिरहेका एकजनालाई सप्तरी प्रहरीले सोमबार बिहान पेस्तोल र गोली सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका-१४ का ३० वर्षीय पप्पु यादव रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्विवेदीले जानकारी दिए । गस्तीमा रहेको प्रहरीले शंका लागेर जाँच गर्दा यादवको साथवाट मेड इन युएसए लेखिएको पेस्तोल एकथान र सोमा लाग्ने चार राउण्ड गोली बरामद भएको एसपी द्विवेदीले बताए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । एकसाताअघि पनि सप्तरी प्रहरीले पेस्तोल र गोली सहित २ जना युवकलाई पक्राउ गरेको थियो । निर्वाचनको तिथि नजिकिँदै जाँदा आपराधिक गतिविधिमा संलग्ननहरुमाथि कडा निगरानी थालिएको एसपी द्विवेदीले जानकारी दिए । उनले भारतसितको खुल्ला सिमानाका कारण साना हतियार भित्रिन सक्ने खतरा रहेकाले सिमा क्षेत्रका प्रहरी इकाईहरुलाई थप सर्तक रहन निर्देशन दिइएको बताए ।
National/Online Media , Police website , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi

0 Comments