Incident Reports

Manipal hospital in Pokhara tensed following the death of patient

2017-06-07

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

The Manipal Teaching Hospital in Pokhara remained tensed throughout Tuesday following the death of a nursing mother and new born child. The family claimed the negligence of doctors as part of the cause of their death. The deceased family staged sit-in in front of the hospital demanding the investigation and action against the doctors involved in the treatment. पोखराको मणिपाल शिक्षण अस्पतालमा सुत्केरी आमा र शिशु दुवैको मृत्यु भएपछि दिनभर अस्पताल तनावग्रस्त बन्यो। उपचारमा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा धर्नासमेत दिएका छन्। सुत्केरी हुने हिडेरै मंगलबार अस्पताल पुगेकी धादिङ त्रिपुरा गाविस वडा नं. ६ की ३५ वर्षीया शान्ता भण्डारी र शिशु (छोरा) को गए राति मृत्यु भएको हो। १९ वर्षअघि विवाह गरेकी शान्ताको तेस्रो सन्तान हो। उनका श्रीमान मजदुरी गर्छन्। भण्डारी दम्पत्ति नयाँबजार, पोखरामा डेरा लिई बस्दै आएका थिए । शान्ताका आफ्न्त चन्द्रीका थापाले उपचारमा चिकित्सकले लापरबाही गरेको दाबी गरिन्। उनले सुत्केरी गराउने क्रममा पहिले शिशुको मृत्यु भएको भनिएको छ, त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको घोषणा गरियो । उनका अनुसार शिशुको गए राति साढे २ बजे र आमाको बिहान साढे ५ बजे मृत्यु भएको घोषणा गरिएको हो। मृतकका आफन्तका अनुसार मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन्। नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ। उनका आफन्तले अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही गर्न माग गरेका छन्। तर अस्पताल प्रशासनले भने सुत्केरी र नवजात शिशुको मृत्युमा चिकित्सक दोषी नरहेको दाबी गरेको छ। अस्पताल प्रशासनले नवजात शिशु मृत अवस्थामा जन्मेको र सुत्केरी शान्ताको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको बताएको छ। उनका आफन्तले कानुनी उपचारमा जाने तयारी समेत गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Kaski

0 Comments