Incident Reports

मणिपालमा सुत्केरी आमा र शिशुको मृत्यु भए पछि तनाब

2017-06-07

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

६ की ३५ वर्षीया शान्ता भण्डारी र शिशु (छोरा) को गए राति मृत्यु भएको हो। १९ वर्षअघि विवाह गरेकी शान्ताको तेस्रो सन्तान हो। उनका श्रीमान मजदुरी गर्छन्। भण्डारी दम्पत्ति नयाँबजार, पोखरामा डेरा लिई बस्दै आएका थिए । शान्ताका आफ्न्त चन्द्रीका थापाले उपचारमा चिकित्सकले लापरबाही गरेको दाबी गरिन्। उनले सुत्केरी गराउने क्रममा पहिले शिशुको मृत्यु भएको भनिएको छ, त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको घोषणा गरियो । उनका अनुसार शिशुको गए राति साढे २ बजे र आमाको बिहान साढे ५ बजे मृत्यु भएको घोषणा गरिएको हो। मृतकका आफन्तका अनुसार मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन्। नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ। उनका आफन्तले अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही गर्न माग गरेका छन्। तर अस्पताल प्रशासनले भने सुत्केरी र नवजात शिशुको मृत्युमा चिकित्सक दोषी नरहेको दाबी गरेको छ। अस्पताल प्रशासनले नवजात शिशु मृत अवस्थामा जन्मेको र सुत्केरी शान्ताको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको बताएको छ। उनका आफन्तले कानुनी उपचारमा जाने तयारी समेत गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Kaski

0 Comments