Incident Reports

Baglung shut demanding status of missing boy

2017-06-08

Gandaki, Baglung, Baglung

[Updated] The family of a boy, who had reportedly gone missing in his attempt to get away from police arrest on the charge of possessing illegal drugs, shut Baglung district headquarters today, demanding that the whereabouts of the boy be made public at the earliest. Sunil Pun and his two other friends were caught, during a security check, with illegal drugs on Tuesday night while smuggling them in a taxi to Kushma from Baglung. Police however managed to arrest two others — Dipendra Karki of Baglung and the driver Bhimsen Lama of Makawanpur— while Pun managed to escape. In his attempt to get away, Pun fled towards the Kaligandaki River. After Pun disappeared while crossing the river, police launched a search for Pun on Tuesday night. The whereabouts of Pun is however yet to be traced. As a result of the protest, transportation came to a halt while the market remained shut. The victim’s family has demanded a fair investigation into the case at the earliest and Pun’s status. The protesters said the protest would continue until their demands were met. Deputy Superintendent of Police Baglung Anil Kumar Khadka said that the search for Pun continues. He also informed that investigations into the incident is under way. Update... बिहीबारदेखि बन्द रहेको बागलुङ बजार शुक्रबार दिउँसोबाट खुलेको छ । बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो । अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका-३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए । मङ्गलबार साँझ पर्वत-बागलुङको सीमास्थल मालढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा कालीगण्डकी नदीतिर भागेका पुन अझै बेपत्ता छन् । सत्यतथ्य छानबिन, बेपत्ताको खोजी र दोषीमाथि कारबाहीको लागि प्रशासनलाई जिम्मेवार हुन माग गर्दै बन्द फिर्ता लिइएको सङ्घर्ष समितिले जनाएको छ । समयमै माग पूरा नभए पुनः आन्दोलनमा जाने समितिका सदस्य नरेश कँडेलले बताए । बागलुङदेखि कुश्मा जाँदै गरेको ध १ ज ४१४ नंको ट्याक्सी चेकजाँच गर्दा लागुऔषधसहित भेटिएका पुनलाई पक्राउ गर्न खोज्दा उनी भागेको प्रहरीले जनाएको छ । पुनसँगै सवार अन्य दुई युवालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा बानपा-१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा रहेका छन् । उनीहरुको साथबाट लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीस, फेनार्गन चार एम्पुल, नाइट्रोजेपाम तीन थान र चार थान सुई प्रहरीले बरामद गरेको थियो । भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएका भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजीमा प्रहरी जुटेको छ । पुन नदी किनारतिर दौडेर भागेको तर नदीमै हेलिएको बारेमा केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ । नदीले बगाएको आशङ्कामा पोखरादेखि आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले बताए । घटनाको बारेमा थप छानबिन र अनुसन्धान भइरहेको पनि उनले बताए । बिहीबार पनि बागलुङबाटै लागुऔषधसहित भारतीय युवक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । दुई दिनको अन्तरालमा पक्राउ परेका युवा अवैध लागुऔषधको ओसारपसार र बेचबिखनमा सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , National/Online Media

0 Comments